coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पुनः मत गणनाको उजुरी खारेज

रुकुम– गत वर्ष भएको स्थानीय तहको निर्वाचनको मत गतणनामा चित्त नबुझेपछि पुनः मत गणनाको माग गर्दै उच्च अदालत तुत्सीपुरमा परेको उजुरी खारेज भएको छ। रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ को वडाध्यक्षमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका पूर्णबहादुर मल्लले मत गणनाको क्रममा धाधली भएको भन्दै पुनः मत गणनाको माग गरेका थिए।

वडाध्यक्षमा १ मतले मल्ल पराजित भएपछि उनले पुनः मत गणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतलाई निवेदन दिएका थिए। २०७४ असार १४ गते भएको निर्वाचनको असार १६ गते मत परिणाम सार्वजनिक भएको थियो। मत परिणाम सार्वजनिक भइसकेपछि दोहो¥याएर मत गन्नु पर्ने भन्दै उनले निर्वाचन अधिकृतलाई निवेदन दिएका थिए। तर निर्वाचन अधिकृतको कार्यालयले दोहो¥याएर मत गणना नगर्ने निर्णय गरेको थियो। 

त्यसपछि मल्लले असार १७ गते पुनः मत गणनाको उजुरी उच्च अदालत तुल्सीपुरमा दर्ता गरेका थिए। उजुरी दर्ता गरेको १७ महिना पछि उच्च अदालतका न्यायाधीश ईश्वरराज आचार्यको इजालासले उजुरी खारेज गरिदिएको हो। निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णयलाई सदर गर्दै मल्लको उजुरीलाई खारेज गरिएको बताएको छ।

उक्त वडामा एक मतले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेवार सुधन रेग्मी विजयी भएका थिए। रेग्मीले ४ सय ७० मत प्राप्त गर्दा मल्लले ४ सय ६९ मत ल्याएका थिए। मल्ललाई यहाँ नेपाली काँग्रेसले समेत सहयोग गरेको थियो। 

प्रकाशित: १ मंसिर २०७५ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App