coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बक्राहा खोलाले तीस घर विस्थापित

उर्लाबारी ( मोरङ)-मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आइतबार बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् ।

शनिबार साँझदेखि नै परिरहेको वर्षाले आज दिउँसो खोलामा पानी बढेर इटहरा – ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् ।

गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आइतबार फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए ।

बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नं ३, ४ र ५ डुबानमा पर्ने गरेको छ । गत बुधबार खोला गाउँमा पस्दा ती वडाका तीन सय भन्दा बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो ।

पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । “अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर बस्नसक्ने अवस्था छैन,” इटहरा – ३ का चन्द्रकला रिजालले भने – “खोलाको बाँधमा बस्नुपर्ने अवस्था छ हालसम्म कसैले पनि राहत र उद्धार गर्न सकेको छैन ।”

बाढीपीडितले स्थानीय प्रशासनले राहत दिन नसकेको भन्दै गुनासो गरेका छन् । रासस

प्रकाशित: ९ आश्विन २०७३ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App