coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगरमा अधिकारीको अभिनन्दन

विराटनगर- पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा अभिनन्दन गरिएको छ। शनिबार नागरिक अभिनन्दन समारोह समितिले अधिकारीलाई अभिनन्दन गरेको हो। 

विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रममा प्रदेश १का प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, मुख्य मन्त्री शेरधन राईलगायतले अधिकारीलाई अभिन्नदनपत्र हस्तारन्तरण गरेका थिए। कार्यक्रममा आफन्त , शुभेच्छुक, साथिभाईलगायत सर्बसाधारणले पनि फुलगुच्छा र दोसल्लाले अधिकारीको अभिनन्दन गरेका थिए। कार्यक्रमा सहभागिहरूले अधिकारीले नेपाली राजनीतिक आन्दोलनमा पुर्याएको योगदानबारेमा चर्चा गरे। कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी रमाप्रसाद रिजाल, अभिनन्दन समारोह समितिका संयोजक डा भेषप्रसाद धमला लगायतले भरतमोहन अधिकारीले नेपालको राजनीतिक आन्दोलन तथा  कम्युनिष्ट राजनीतिमा पुर्याएको योगदानको चर्चा गरे।

अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री भरतमोहन अधिकारीले विभिन्न समयमा आफू चारपटक मन्त्री भए पनि आफ्नो कर्मथलो विराटनगरको लागि उल्लेख्य काम गर्न नसकेकोमा  थकथकी लागेको बताए। प्रदेशका मुख्य मन्त्री, सभामुख, मन्त्रीहरू तथा थुप्रै प्रदेश सभा सदस्यहरू उपस्थित कार्यक्रममा अधिकारीले विराटनगर प्रदेशको स्थायी राजधानी  भएको हेर्ने इच्छा व्यक्त गरे। उनले विराटनगरलाई नै स्थायी राजधानी बनाउन प्रदेशसभा सदस्यहरूलाई आग्रह पनि गरे।

 

प्रकाशित: १ मंसिर २०७५ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App