७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी पहिलाेपटक माल्दिभ्स भ्रमणमा

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।

माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन्। माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ। प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: १ मंसिर २०७५ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App