विज्ञान सम्मेलनमा दर्शनका कुरा : पानी कहाँबाट आयो ?

शनिबार, ०१ मङि्सर २०७५, १६ : ०० नागरिक

काठमाडौं– युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्। ‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक दिनेश भुजुले ढिलोगरी मात्र विज्ञानलाई दर्शनसँग जोडिएको बताए। ‘विज्ञान, समाज, दर्शन एक अर्कासँग जोडिन जारुरी छ’, भुजुले भने, ‘एक अर्कामा जोडिएमा त्यसको नतिजा उत्कृष्ट हुन्छ।’ 

पानीबाट कहाँबाट आयो ? भनेर हामीले चिन्तन गर्नु विज्ञानमा दर्शन भएको उनको भनाई छ। ‘पानी पृथ्वी भन्दा पुरानो छ। विग व्याङ भन्दा पनि पुरानो छ। मानिसको शरिरमा पनि पानी छ,’ उनले भने,‘यसका डाइमेन्सनबारे चिन्तन गर्नु विज्ञानमा दर्शन हो।’

विज्ञान प्रविधिसँग जोडिएपछि दैनिक जीवनमा उपयोगी हुने उनको भनाई छ। ‘पानी एक सय डिग्रीमा उमालेपछि जिवाणु मर्छन भन्ने विज्ञान हो’, उनले भने, ‘तर पानीलाई उमाल्नु प्रविधि हो।’ उनले पानीको उदाहरण दिँदै विज्ञानलाई प्रविधि र दैनिक जीवनसँग जोड्ने विषयमा प्रष्ट पारे। 

युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले फरक सन्दर्भमा आविष्कार बस्तुहरु आजको समयमा आउँदा विभिन्न सन्दर्भमा प्रयोग भइरहेको बताए। उनले सेनाको लागि निर्माण भएका इन्टरनेट र ड्रोनको उदाहरण दिँदै यसलाई प्रष्ट्याए। डिफल्टमा फल्ट पत्ता लगाउन सकेपछि त्यो नयाँ हुँदै जाने उनको भनाई छ। जहिले पनि विज्ञान तीन कुराबाट प्रभावित हुने उनले बताए। दोब्रायाउनु (व्यान्ड), तोड्नु (ब्रेक) र मिसाउनु (व्लेन्ड) ले विज्ञानमा नयाँ कुरा पैदा गर्ने बताए। 

कमलादी स्थित युनिग्लोव कलेजमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न कलेजका विद्यार्थीहरुले बनाएका विज्ञानसँग सम्वन्धित सामाग्रीहरु समेत प्रदर्शनमा राखिएको छ। सम्मेलनमा विज्ञानसँग सम्वन्धित विषयमा विज्ञहरुसँग प्यानलमा छलफलका कार्यक्रम समेत राखिएको छ। 

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad