coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन श्रेष्ठ विजयी

नवनिर्वाचित अध्यक्ष मोहन श्रेष्ठ।

पाल्पा– पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षकालागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

निवर्तमान वाणिज्य उपाध्यक्ष रहेका श्रेष्ठले ४२६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी निवर्तमान महासचिव भीमसेन कार्कीले ३६९ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का उम्मेदवार भूगोल वैजुले ३९ मत प्राप्त गरे। १३ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। श्रेष्ठ होटल व्यवसायी हुन्।

निर्वाचनको परिणाम घोषणासँगै नवनिर्वाचित अध्यक्ष मोहनप्रसाद श्रेष्ठले आफूले जिल्लाका उद्योगी तथा व्यवसायीहरुको भावना अनुसार जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने बताएका छन्। निर्वाचन अधिकृत जीवनबहादुर थापाले कूल मतदाता संख्या नौ सय ४२ मध्ये आठ सय ४७ मत खसेको बताए।
वाणिज्य उपाध्यक्षमा शैलेन्द्र भट्टराई र उद्योग उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: ९ आश्विन २०७३ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App