६ वैशाख २०८१ बिहीबार
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

काठमाडौं – मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार (आज) बाट सुरु भएको दोस्रो चरणको पहिलो खेलमा मनाङले न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेको हो।

एपीएफ मैदान हल्चोकमा भएको खेलमा मनाङको जितमा अञ्जन विष्ट र विदेशी खेलाडी ओलावाले आफिजले गोल गरे। मनाङले दुवै गोल खेलको दोस्रो हाफमा गरेको हो। खेलको १७ औ मिनेटमा एनआरटीका खेलाडीले मनाङका अन्जन विष्टलाई डिबक्स भित्र लडाँएपछि पाएको पेनाल्टीमा अन्जन आफैंले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यस्तै ३७ औं मिनेटमा ओलावालेले टिमका लागि दोस्रो गोल गरे। त्यसपछि निर्धारित र इन्जुरी समयमा थप गोल हुन नसकेपछि मनाङले महत्वपूर्ण ३ अंक जोड्दै २ खेलबाट ६ अंक जोडेको छ। पराजित एनआरटीको १ अंक छ। खेलमा मनाङका अन्जन विष्ट म्यान अफ दि म्याच घोषित भए।

प्रकाशित: १ मंसिर २०७५ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App