coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

वेष्ट इण्डिज टि–२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं – घरेलु टोली वेष्ट इण्डिज महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाइ १ सय ८७ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि हेली म्याथ्युजले ६२ रनको अर्धशतकीय इनिङस खेलिन्। उनले ३६ बलमा ८ चौंका र २ छक्का प्रहार गरिन। त्यस्तै डिएन्द्रा डोटिनले ४९, कप्तान स्टेफानी टेलरले ४१ र नतसा म्याक्लीनले १७ रनको योगदान दिए।

बलिङलर्फ श्रीलंकाका उदेशीका प्रबोधनी, ओस्हदी रनसिंगे र शशिकलाले १–१ विकेट दिए। जवाफमा श्रीलंका १७.४ ओभरमा १०४ रनमा आउट भयो। श्रीलंकाका कप्तान चामरी जयनगानीले सर्वाधिक ४४ रन जोडिन। उनले ३५ बलमा ७ चौंका प्रहार गरिन।

त्यस्तै निलक्सी डी सिल्भाले ११ र हसिनी परेराले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। श्रीलंकालाई सस्तैमा समेटन वेष्ट इण्डिजका हेली म्याथ्युजले ३ तथा साकिरा सिल्मन, स्टेफनी टेलर, डिएन्द्रा डोटिन, चिनेली हेन्री र अफी फ्लीटचेरले १–१ विकेट लिए।

जितसंगै समूह ‘ए’ मा रहेको वेष्ट इण्डिजले लगातार ३ खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। शीर्ष स्थानमा रहेको वेष्ट इण्डिजले ३ खेलबाट ६ अंक जोडेको छ।

प्रकाशित: १ मंसिर २०७५ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App