coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

डडेलधुरा – डडेल्धुराको भागेश्वरमा यात्रु बोेकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका ४ कुलानमा शनिबार बिहान साढे १० बजे दुर्घटनामा परेकोे प्रहरीले जनाएको छ।जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएकों हाे। मृत्यु हुनेमा भागेश्वरकै धर्मसिंह मडाइ र दीपेन्द्र शाही रहेकाे प्रहरीले जनाएकाे छ।

अन्य १३ जना घाईते भएका छन्। घाईते सबै लाई उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएकाे छ। मृतकको सनाखत हुन सकेको छैन।  जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक डम्बर केसीले जानकारी दिए। 

 

प्रकाशित: १ मंसिर २०७५ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App