५ वैशाख २०८१ बुधबार
समाज

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

रसुवा– अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी छन्।

काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा उनीहरूलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकासको साथबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूले रसुवामा बसाइसराई गरेर चाइना पास समेत बनाएका छन् । उनीहरूलाई शनिबार विहान पौने ९ पक्राउ गरिएको हो । 

प्रकाशित: १ मंसिर २०७५ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App