८ वैशाख २०८१ शनिबार
खेल

युइएफए नेसन्स लिग : विश्व विजेता फ्रान्स नेदरल्याण्ड्ससँग स्तब्ध

काठमाडौं – नेदरल्याण्ड्सले विश्कप २०१८ को विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। युइएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले फ्रान्सलाई २–० गोलले पराजित गरेको हो।

नेदरल्याण्ड्सको जितसँगै जर्मनी भने रेलिगेट भएको छ। घरेलु टोली नेदरल्याण्ड्सले ४४ औं मिनेटमा जर्जिनियो विजनाल्डमको गोलमा अग्रता लिएको थियो। दोस्रो हाफमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले नेदरल्याण्ड्सका शसक्त प्रहारहरूको बचावट गरेका थिए। तर इन्जुरी समयमा मेम्फिस डिपेले पेनाल्टिमा गोल गरेपछि नेदरल्याण्ड्सले फ्रान्समाथि २–० को सहज जित हात पार्यो।

खेलअवधिभर नेदरल्याण्ड्सले खेलमा आफ्नो पटक कायम राख्दै फ्रान्सलाई दबाब दिएको थियो। हारका बाबजुत फ्रान्स ४ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्सको ३ खेलबाट ६ अंक छ। ३ खेलबाट १ अंकमात्र जोडेको जर्मनी भने नेसन्स लिगको दोस्रो डिभिजनमा झरेको छ। यदी जर्मनीले आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्सलाई पराजित गरे फ्रान्स समूह विजेता हुनेछ।

नेदरल्याण्ड्सलाई भने बराबरीको नजिताले पनि समूह विजेता बनाउनेछ। समूह विजेता टिमले नेसन्स लिगको फाइनल चरणमा स्थान बनाउनेछ। नेसन्स लिगका अन्य खेलमा डेनमार्कले वेल्सलाई २–१ गोलले पराजित गर्यो।

जितसँगै डेनमार्कले समूह ‘बी फो’ को विजेता हुँदै कम्तिमा सन् २०२० को युरोकप छनोटको प्लेअफमा स्थान सुरक्षित बनाएको छ। वेल्सले भने समूह विजेता बन्दै नेसन्स लिगको फाइनल चरणमा स्थान बनाउने सुनौलो अवसर गुमाएको छ।

प्रकाशित: १ मंसिर २०७५ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App