८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगीको हकहितमा काम गर्छुः राणा

भोजपुरः उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकी छन्। 

भोजपुर उद्योग वाणिज्य संघको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताइन्े । कृषिलाई अगाडि बढाउन सके समाजको विकास हुने भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासघं लागिपरेको उनको जोड थियो। 

प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताए। कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सघको भवन निर्माणका लागि ५० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासंघका प्रतिनिधिलाईसम्मान गरिएको थियो।

प्रकाशित: १ मंसिर २०७५ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App