coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

लण्डनमा शुक्रबार राति भएको खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्वन्दी उरुग्वेलाई १–० गोलले पराजित गर्यो। ब्राजिलले खेलको अन्त्यतिर विवादास्पद पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि ७६ औं मिनेटमा स्ट्राइकर नेइमार गोल गरेका थिए। उरुग्वेका डिएगो लाक्सआल्टले डेनिलोलाई डिबक्स भित्र फउल गरेपछि पाएको पेनाल्टीमा नेइमारले गोल गरेका हुन्।

खेलअवधिभर ८ पहेलो कार्ड दिइदा ६ उरुग्वेले पाएको थियो। उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले गोलका केही राम्रा मौकाको सदुपयोग गर्न सकेनन्। दुवै टोलीले पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए। उरुग्वेले ब्राजिललाई पछिल्ला १० खेलदेखि पराजित गर्न सकेको छैन्।

त्यस्तै अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २–० को जित हात पार्यो। अर्जेन्टिनाको जितमा ४४ औं मिनेटमा रामिरो फुनेस मोरीले गोल गर्दा अर्को एक गोल ८३ औं मिनेटमा मेक्सिकोका ब्रिजुइलाले आत्माघाति गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App