८ वैशाख २०८१ शनिबार
खेल

रसिला तीनै विधातर्फ फाइनलमा

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल तथा यु—१७ गल्र्स तीनै विधातर्फ फाइलनमा प्रवेश गरेकी छिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न सेमिफाइलनमा रसिलाले महिला एकलमा आर्मीकी नङ्सलदेवी तामाङसँगको भेट पक्का गरेकी हुन् । शुक्रबार सम्पन्न सेमिफाइनलमा नङ्सलले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ ले तथा रसिलाले एपिएफकी जेसिका गुरुङलाई २१–१३, २१–११ ले पराजित गरे । यस्तै रसिलाले यु–१७ गल्र्सतर्फ मोरङकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा पराजित गरिन् । आर्मीकै रञ्जना भट्टले मोरङकै सीमा राजवंशीलाई २१–१६, २१–१५ ले हराउँदै फाइनल प्रवेश गरिन्।

यसै गरी रशिलाले नङ्सलसँग मिलेर महिला युगलतर्फ पनि जित निकालिन् । रसिला र नङ्सलको जोडीले जेष्टकी सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११, २१–११ ले हरायो । अब रसिला र नङ्सलले फाइनलमा एपिएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्ने छन् । पूजा र जेसिकाले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गरे।

यु–१७ ब्वाईजतर्फ प्रिन्स दाहालले जेष्टका प्रियांन्सु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले हराउँदै फाइनलमा आर्मीका दिवस शंकरसँगको भेट पक्का गरे । शंकरले जेष्टकै पेम्बा शेर्पालाई २१–१४, १५–२१, २१–१२ ले पराजित गरे।

यस्तै, पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले आर्मीकै रुकेश महर्जनमाथि २१–११, २१–१४ को जित निकाल्दै फाइनल प्रवेश गरे । उता तामाङका फाइनल प्रतिद्वन्द्वी एपिएफका दीपेश धामीले आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–६ ले हराए।

पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले फाइनलमा एपिएफका दीपेश धामी र विजित थापामगरसँग उपाधिका लागि भिड्नेछन्।

प्रकाशित: १ मंसिर २०७५ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App