कृषि तथा वन विज्ञान विश्वविद्यालयका नौ विद्यार्थी पक्राउ

शनिबार, ०१ मङि्सर २०७५, १० : २२ नागरिक

175


चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए। उनीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन नदिएका कारण प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो। बन्धक बनाइएका पदाधिकारीलाई उनीहरुको सवारीसाधनमा घर पठाइएको उनले बताए।

पक्राउ पर्नेमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन्। उनीहरुले विश्वविद्यालयमा लगाएको ताला बिहीबार बिहान प्रहरीले तोडेको थियो। रासस






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon