७ वैशाख २०८१ शुक्रबार
अन्य

१० मुक्तक

अमेरिका मानव अधिकार फलाक्छ,
सद्धे इराकमा मिसाइल दाग्छ ।
त्यतिले मात्र कहाँ चित्त बुझाउँछ,  
सद्दाम हुसेनलाई सुलिमा टाँग्छ ।
...
निर्दाेष माथि जालझेल गर्ने तिमी नै,
निर्माेहीको उल्टै बात धर्ने तिमी नै ।   
तिमीलाई के उपनाम दिउँ महासय !
आलो घाउमा नुन चुक छर्ने तिमी नै ।
...
कुन कर्मले कवि भइयो दाम छैन हजुर !
घरभरि भल्ट्याङ भुल्टुङ माम छैन हजुर !
मगजभरि कुरा खेल्छ औला भरि ठेला,
कसै गरि सन्चो हुन्न आराम छैन हजुर !
...
चोर–फटाहालाई फाप्ने दिन आयो,
आफ्नै घर जलाएर ताप्ने दिन आयो ।
स्वार्थको जंगलमा हराउँदै छ मान्छे,
मानव चोलालाई नै सराप्ने दिन आयो ।
...
कुनै मन्दिरमा धाउनु छैन मलाई,
फूल र लड्डु चढाउनु छैन मलाई ।
ईश्वर निराकार, निःस्वार्थी छन,
बद्नाम पार्न घुस खुवाउनु छैन मलाई ।
...
दुनो सोझिए आपसमा जुट्छन्,
अन्तरघातको खेल खेल्छन् फुट्छन् ।
मौकापरस्त नेताहरुको चाल,
जनतालाई देखादेखी लुट्छन् ।
...

उठ साइली ! उज्यालो भो उठ,
कति हाँस्ने रुन्चे हाँसो कति सहने झुठ ।
यो देश तिम्रो हाम्रो साझा हो,
कम्मर कसेर देश निर्माणमा जुट ।
...
तल्ला घरर्की माईली फूपू निराहार बस्छिन्,
चोखो मुख फुको केस रित्तो पेट कस्छिन् ।
फूपाजू चाहि रक्सी जाँड जुवा तासमा मस्त,
भगवानले एक दिन हेर्लान भन्दै मन्दिर पस्छिन् ।
...

माघे जाडोमा मिनिस्र्कटको भर,
न्यानो लुगा ओढे शरिर छोपिने डर ।  
फेसनको देशमा पिडित युवतीहरु,  
गर्मिको बहानामा काँप्छन् थुरथुर ।
...
आँतै हर्हराउँदो माटोमा सुबास छ,
शितल पंखा हम्की चल्ने बतास छ ।
दुःख पाए भनि किन रुन्छौ मानव,
धर्ति विछ्यौना अनि ओढ्ने आकाश छ ।  
...

प्रकाशित: १ मंसिर २०७५ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App