संस्कृत भाषाको ‘ए लेभल’मा ५७ जना उत्तीर्ण

शुक्रबार, ३० कार्तिक २०७५, २१ : १८ नागरिक

काठमाडाैं- संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन्। 

चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ। जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय÷सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परीक्षासम्बन्धी अन्तरक्रियामा सहप्रा डा श्रीराम अधिकारीले हिन्दू विद्यापीठ र थलीका १५–१५, डिएभी सुशील केडियाका २० र कान्तिभैरव गुरुकुल गोकर्णेश्वरका सात विद्यार्थीले संस्कृतको विशेष परीक्षा उत्तीर्ण गरेको जानकारी दिए। यस वर्ष देवघाटका तीन , पोखराका दुई र बनेपाका एक गुरुकुलका विद्यार्थी सहभागी हुनेछन्। सो परीक्षामा गुरुकुलका विद्यार्थीले राम्रो स्थान हासिल गरेपछि विश्वविद्यालयका अध्यापक गुरुकुलमा यो कार्यक्रम लैजान लागिपरेका छन्। 

परीक्षामा संस्कृत प्रश्नको उत्तर अङ्ग्रेजीमा, अङ्ग्रेजी प्रश्नको उत्तर संस्कृत भाषामा दिनुपर्छ। परीक्षामा सहभागी हुने तरिका र विश्वमा बढ्दै गएको संस्कृत भाषाप्रतिको आकर्षणका बारेमा विश्वव्यापी संस्कृत अभियानकर्मीद्वय नर्मन डा र हेलेनले दिगो खुशी एवं शान्ति प्राप्तिका लागि संस्कृत भाषा सहयोगी भएको अनुभव सुनाए। दुवै अभियानकर्मी क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत प्राध्यापन गर्छन। 

पूर्वसचिव कृष्ण ज्ञवालीले जातिभेद अन्त्य गरी सबै जातजाति एवं भाषाभाषीका समुदायलाई संस्कृत भाषा पढ्न प्रेरित गरिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षाका परम्परा’ विषयको प्रस्तुति दिएका थिए। नेपालमा संस्कृत र अङ्ग्रेजी दुवै भाषाको राम्रो पठनपाठन हुन सके विश्वकै शिक्षाको केन्द्र बनाउन सकिने उनको भनाइ थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad