coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाटन क्याम्पसमा तालाबन्दी

काठमाडौं– विभिन्न पाँच विद्यार्थी संगठनहरुले विभिन्न माग राखी बिहीबारदेखि ललितपुरको पाटन संयुक्त क्याम्पसमा तालाबन्दी गरेका छन्। व्यवस्थापन संकाय अन्तर्गत बिबिएमा नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा चरम लापरबाही भएको भन्दै गत कात्तिक १४ गते व्यवस्थापन संकाय विभागमा मात्र तालावन्दी भएको थियो। पछि समस्या समाधान नभएको भन्दै विद्यार्थीहरुले बिहीबार कलेजका सम्पूर्ण संकायमा तालावन्दी गरेका छन्। अहिले पाटन क्याम्पसको पठनपाठन ठप्प भएको छ। अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारी, आदिवासी जनजाती विद्यार्थी महासंघले क्याम्पसमा तालाबन्दी गरेका हुन्। 

बिबिएको प्रथम सेमिस्टारमा नयाँ विद्यार्थी भर्नाका लागि सरकारी क्याम्पसमा तीन लाख ३० हजार बुझाउनु पर्दछ। निजी क्याम्पसहरुमा बिबिएमा नयाँ विद्यार्थी भर्नाको दर  पाँच लाख भन्दा बढी छ। पाटन क्याम्पस बिबिए संकायका प्रमुख युवराज भट्टराईले एक जना विद्यार्थीसँग कमिसन लिई प्रवेश परीक्षामा कमजोर विद्यार्थी पास गरेको आरोप विद्यार्थी संगठनको छ । भने विद्यार्थी संगठनले पनि प्रत्येक  विद्यार्थीसँग मोटो रकम कमिसन  लिई सकेको र उनीहरुले भनेका विद्यार्थीको नाम प्रकाशित नभएको भन्दै क्याम्पसमा तालावन्दी गरेको आशंका क्याम्पस प्रशासनको छ । गत बर्ष पनि विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीसँग मोटो रकम लिएर विविएमा भर्ना गराएको प्रमाण क्याम्पस प्रशासनले भेटाएको स्रोतले बतायो । 

पाटन संयुक्त क्याम्पसमा विविए भर्नाका लागि ९६ जना विद्यार्थीको कोटा रहेको छ । प्रवेश परीक्षामा १ सय २० जनाको नाम प्रकाशित भएको थियो । जसमा ७४ जनाले भर्ना गरेका छन् । ७४ जना भित्र विद्यार्थी संगठनका कुनै पनि विद्यार्थी भर्ना भएका छैनन् । बाँकी २२ विद्यार्थी भर्ना हुन नआएपछि  फेरी नाम प्रकाशित गर्न लागिएको छ ।  भर्ना हुन बाँकी २२ जना विद्यार्थी आफूले भनेका हुनुपर्ने विद्यार्थी संगठनको माग छ ।

प्रकाशित: ३० कार्तिक २०७५ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App