४ वैशाख २०८१ मंगलबार
राजनीति

आर्थिक समुन्नतिका लागि भ्रष्टाचारमा शुन्य सहनशीलता अावश्यक : मन्त्री यादव

फाइल तस्बिर

बारा - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले औद्योगिक क्षेत्रको विकास भए मात्र देश विकसित हुने बताएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा नदि किनारमा शुक्रवारबाट शुरु भएको बारा महोत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले औद्योगिक विकासले देशमा रोजगारी सृजना गर्ने र धेरै जनता रोजगार भए मात्रै देशबाट गरिबी हट्ने बताए।

उद्योग धन्दाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने बताउदै मन्त्री यादवले मुलुकमा औद्योगिक विकासका लागि सबै एकजुट हुनको बिकल्प नरहेको बताए। रोजगारी सृजना गर्नको लागि बिद्युत र उद्योग धन्दालाई व्यवस्थापन गर्न जरुरी रहेकोमा उनले जाेड दिए। आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारमा शुन्य सहनशीलता अपना जरुरी रहेको मन्त्री यादवकाे भनार्इ छ। ‘स्वदेशमा रोजगारी सिर्जना नहुदा दैनिक हजारौ युवा विदेशिनु परेको छ', मन्त्री यादवले भने, ‘उद्योग वाणिज्य मन्त्रालयले उद्योग स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न ठोस नीति तथा कार्यक्रम ल्याउन लागेको छ।' 

कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको र कृषिलाई व्यवसायीकरण गर्न सरकारले उत्पादन बृद्धिमा सहयोग गर्ने प्रतिवद्ध मन्त्री यादवले गरे।

 

प्रकाशित: ३० कार्तिक २०७५ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App