coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धनगढी प्रिमियर लिग माघमा

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्राे संस्करण आगामी माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिती सार्वजनिक गरेको हो।

अघिल्लो प्रतियोगिताझै डीपीएल तीनमा समेत ६ टोलीहरुको नै सहभागिता हुने आयोजकले जानकारी दिएको छ। प्रत्येक टिममा १५/१५ खेलाडी हुनेछन्। त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ।

प्रतियोगितामा कुल १९ खेल हुनेछन्। लिग चरणका शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ। प्रतियोगिताको अनुमानित लागत ५ करोड रुपैयाँ रहेको छ। प्रतियोगिताका खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियाेगितालार्इ विजय डिस्टिलरीको रुस्लान क्रिकेटले १ करोड १० लाखको मुख्य प्रायोजन गरेको छ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा रु.५०, प्ले-अफमा रु. ७० र फाइनलमा रु. १०० ताेकिएकाे छ। टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइनेछ। सहभागी टिमलाई ४० प्रतिशत रकम बाडिनेछ।

डीपीएल २ मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स सहभागी थिए। फाइनलमा काठमाडौंलाई हराएर धनगढीले उपाधी उचालेकाे थियाे।

 

प्रकाशित: ३० कार्तिक २०७५ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App