coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रेखालाई भिडले छोपेपछि ...

पाँचथर- नायिका रेखा थापा फिदिम आउने भएपछि ठूलो संख्यामा दर्शक जम्मा भएका थिए। कार्यक्रमको मुख्य आर्कषकको रुपमा रेखालाई लिइएको थियो। स्थानीय कलाकारको प्रस्तुती चलिरहँदा दर्शको प्रतिक्षा रेखा र गायक कमल खत्रीको थियो।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र आयोजकलाई रेखालाई मञ्च छेउमा पुर्‍याउन निक्कै कठिन पर्यो। रेखालाई नजिकवाट हेर्ने, तश्विर खिच्नेको भिडले छोपेपछि सुरक्षा व्यवस्थापन गर्न कठिन भयो। महिला प्रहरी सहित कडा सुरक्षा व्यवस्थापन गर्नु पर्यो। मञ्च छेउमा रेखालाई केहि समय बस्ने व्यवस्था मिलाइएको थियो। यहाँ लागेको भिड हटाउन निक्कै कसरत गर्न पर्यो।

 ‘बनेको छ छाहाराले यो छाति मेरो’ भन्ने गीत गाँउदै मञ्चमा रेखा देखा परिन्। सानो उमेरमा विहे नगर्न  सुझाव राखिन। महिलाहरुलाई सचेत रहन सुझाइन । अव रेखा थापालाई के देख्न चाहानु हुन्छ ? उनले यो प्रश्न गरिन । भिडवाट धेरै जवाफ हल्ला मिसिएर आयो । भोट दिनु हुन्छ है ? रेखाले यति भनिन्। उनलाई राजनीतिमा जाने संकेत दिएजस्तो वुझियो। रेखा थापाले केहि गीतमा नाच्छिन भन्ने दर्शकले अपेक्षा राखेका थिए । तर त्यो भएन । दर्शकको आग्रहपछि केहि छिन नाच्ने भनिन् । तर सवैलाई नाच्न लगाएर केहि मिनेट नाचिन ।

रेखाको पालो सकिएपछि कमल खत्री आए। उनी गल्ती मेरो होईन ढिला हुनु... भन्ने गीत गाँउदै देखा परे। उनले वोल्दैन तिम्रो तश्वि हेर्दा हेर्दै रात वित्यो... लगायतका गीत गाए। धेरै दर्शक देखेर हौसिएका खत्री अझै गीत गाउन चाहान्थे। अल्फा ओमेगा ट्रेनिङ सेन्टरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा डेविट सकर, सुजन सकर, रुविना लिम्बू लगायतले प्रस्तुती राखेका थिए।

प्रकाशित: ९ आश्विन २०७३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App