काठमाडौ–उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष बनाएर मात्र वैदेसिक रोजगारीमा पठाउनुपर्ने बताएका छन्।
व्यवस्थित वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका लागि काठमाडौंमा जारी कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै पोखरेलले वैदेशिक रोजगारीले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको भन्दै श्रमिकको हक रक्षामा सबै सरोकारवाला सकृय हुनुपर्ने औल्याएका हुन्।
विदेसिने नेपाली श्रमिकको अधिकार रक्षाका लागि नेपाल सरकार प्रतिवद्द रहेको भन्दै महिला श्रमिकको सुरक्षाका विषयमा थप संवेदशील हुनुपर्ने उनले बताएका थिए। पोखरेलले रोजगारीका लागि विदेसिने श्रमिकले खर्च ब्यहोर्नु पर्ने परिपाठी अन्त्य गरी रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्नु पर्ने जरुरी रहेको औल्याए।
वैदेसिक रोजगारीमा कामदार आपूर्ति गर्ने १२ एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसमा नेपालसहित अफगानिस्थान, बंगलादेश, कमबोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान,फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम सदस्य छन्। आजको बैठकमा भने चार देशका श्रममन्त्रीमात्र सहभागि छन्।
बैठकमा श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको हक अधिकार सुरक्षा गर्ने बाटोमा नेपालले विशेष कार्यक्रमहरु अघि बढाइ रहेको जनाएका थिए।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने बताए ।
बैठकमा बिहीबार सम्पन्न श्रम सचिवहरुको बैठकले पेश गरेको एजेन्डामाथि छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए।
हिजो सचिवस्तरीय बैठक सम्पन्न भएका कोलम्बो प्रोसेसको बैठक काठमाडौं घोषणापत्र जारी गर्दै आज सम्पन्न हुँदैछ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
यसमा तपाईको मत