७ वैशाख २०८१ शुक्रबार
समाज

खाद्यान्न जोहो गर्न ८ दिन हिँडन बाध्य

मुगु – आफ्नो गाउँ नजिकको खाद्य संस्थानको डिपोमा खाद्यान्न शून्य भएपछी छिमेकी जिल्ला मुगुमा रहेको खाद्य संस्थानबाट खाद्यान्न जोहो गर्नका लागी हुम्लाका चार गाउँपालिकाका स्थानीय आठ दिन लगाएर मुगु सदरमुकाम गमगढी पुग्न बाध्य छन्।

हुम्लाको ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका स्थानीयबासीका लागि स्थापना गरिएका श्रीनगर, सर्केगाड खाद्य डिपो र देउली वितरण केन्द्रमा खाद्यान्न शून्य भएपछी यी गाउँपालिकाका स्थानीय आफूलाई आवश्यक खाद्यान्न जोहो गर्न भेडा बाख्रा खच्चडसँग आठ दिन हिँडेर मुगुको खाद्य संस्थानबाट खाद्यान्न लिने गरेका हुन्।

सर्केगाड गाउँपालिका–३ उनपानी गाउँका लक्ष्मण कार्की भेडा बाख्रा ल्याएर खाद्य जोहो गर्न आफ्नो गाउँबाट चार दिन हिँडेर मुगु खाद्य संस्थानमा पुगेका छन्। खाद्य संस्थान मुगुबाट आफूलाई चाहिने खाद्यन्न भेडा बाख्रामा बोकाएर पुनः चार दिन हिँडेर  आफ्नो घर पुग्ने बताउँछन। गाउँमा रहेको खाद्य डिपोमा एक दाना चामल छैन परिवार पाल्नका लागी जति दिन लागे पनि हिँडनु पर्याे सोही गाउँपालिकाका एक स्थानीयले भने। गाउँको डिपोमा खाद्यन्न पुगिहाले पनि प्रत्येक घरधुरीले ५ केजी देखि १५ केजीसम्म त्यो पनि वर्षको एक पटक मात्र पाउने गरेको हुम्लीबासी बताउँछन्।

यो आर्थिक वर्षका लागी जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले सर्केगाड डिपोका लागी १२ हजार, देउली वितरण केन्द्रका लागी ४ हजार र श्रीनगर डिपोका लागी ६ हजार क्विन्टल खाद्यान्न माग गरेको भएपनि खाद्य संस्थान केन्द्रीय कार्यालयले सर्केगाड डिपोका लागी १ हजार १ सय, श्रीनगर डिपोको लागी ७ सय र देउली वितरण केन्द्रका लागी ८ सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको भएपनि खाद्य संस्थानले ति डिपोमा अहिलेसम्म खाद्यान्न ढुवानी गर्न ठेकेदार छनौट गर्न ढिलाई गरेकाले खाद्यान्न नपुग्दा स्थानीयबासीले यत्रो दुःख गरेर मुगु पुग्नु परेको हो।

छनौट भएर ढुवानी गर्न जिम्मा लिएका ठेकदारले ढुवानीमा ढिलो गरे गाउँपालिकाले उनीहरू विरुद्ध जस्तोसुकै कारवाही गर्ने सर्केगाड गाउँपालिकाका उप–प्रमुख जोशी धामीले बताए। गाउँमा रहेका डिपोमा न खाद्यान्न पाइन्छ नत कर्मचारीनै हुन्छन। डिपो वर्षको एक पटक मात्र खुल्छ। खाद्यान्न कहिले पुग्छ थाहा हुँदैन आफ्ना घोडा खच्चड र भेडा बाख्रा भएकाहरू मुगुको खाद्य संस्थानमा पुगेर खाद्यान्न ल्याउँछन तिनीहरूले ल्याएको खाद्यन्न हामी गाउँलेले प्रतिकेजी १ सय हालेर खानुपर्छ।

गाउँमा रहेको डिपोमा ५० देखि ६० रुपैयाँमा खाद्यान्न पाउने भएपनि खाद्यान्न कहिले आउने हो  थाहा छैन् त्यही भएर बाध्य भएर कित आठ दिन हिँडेर मुगु पुग्नु पर्ने भयो कित ब्यापारीले ल्याएको खाद्यान्न महङ्गो मुल्य तिरेर खानुपर्ने बाध्यता रहेको सर्केगाड गाँउपालिका–३ का गौतम  रावलले बताए।

दसैं तिहार जस्ता चाड पर्वले गर्दा ढुवानीका लागी ठेकेदार पक्ष छनौट गर्न ढिलाई भएकाले ढुवानी गर्न अलि ढिलो भएको हो।  ढुवानीको जिम्मा पाएका ठेकेदारसँग सम्झौता भइसकेकाले मंसिर महिना भित्रै सम्बन्धित डिपोमा खाद्यान्न पुगाउनका लागी ठेकदारसँग छलफल भइ केही खाद्यान्न सुर्खेतबाट गाडीमा पठाइसकेको खाद्य संस्थान सुर्खेतका प्रबन्धक भिम थापाले बताएका छन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App