एमडिजिपी सञ्चालनको अध्ययन गर्न मेडिकल काउन्सिलको टोली जुम्लामा

शुक्रबार, ३० कार्तिक २०७५, १४ : १७ डिबी बुढा

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमडिजिपी कार्यक्रम सञ्चालनको लागि प्रारम्भिक निरक्षण गर्न नेपाल मेडिकल काउन्सिलको टोली जुम्ला पुगेको छ। नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष नारायण बिक्रम थापा नेतृत्वको ७ सदस्यीय टोली जुम्ला पुगेको हो।

टोलीले एमडिजीपी कार्यक्रम सञ्चालनका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समग्र अवस्थाको जानकारी लिएको छ। रजिष्टार विश्वराज काफ्लेका अनुसार शिक्षकको अवस्था, अस्पतालमा बिरामीको चाप, भौतिक संरचना, उपकरणको अवस्था, प्रतिष्ठानको आफ्नै जग्गा र प्रतिष्ठानले गरेका बार्षिक क्रियाकलापको बारेमा निरिक्षण गरिएको हो।

काउन्सिलको टोली फर्केर गईसकेपछि बोर्ड बैठक बसेर एमडिजीपि कार्यक्रम सञ्चालनका लागि निर्णय गर्ने कर्णाली प्रतिष्ठानले जनाएको छ। टोलीमा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठ, मेडिकल काउन्सीलका सदस्य ढुण्डिराज पौडेल, अंकुर शाह, कालसिंह खत्री, शिवजी पौडेल, सुनिल शाह लगायत रहेका छन्।

यो टोली जुम्लामा पुगेपछि प्रतिष्ठानलाई हौसला प्राप्त भएको रजिष्टार काफ्ले बताउँछन्। उनले भने,“यो टोलीले कर्णालीको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिएको छ, यहाँको शैक्षिक विकास, कर्णाली प्रदेशभरी गुणस्तरीय विशषज्ञ सेवा प्रदान गरी स्वास्थ्य पर्यटनका माध्यमवाट आर्थिक समृद्धिको यात्रामा अघि बढ्न प्रेरित गर्ने छ। ” एमडिजीपि कार्यक्रम शुरु भएपछि एमबीबीएस कार्यक्रमको लागि बाटो खुल्ने विश्वास गरिएको छ। 

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले भौगोलिक विकटता र जनसंख्याको चाप हेर्दा स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले निकै राम्रो फड्को मारेको बताए। उनले भने,“भौतिक संरचना राम्रो छ, आवश्यक उपकरण केहि जुटाउनु पर्ने देखिन्छ, चिकित्सकीय मेनपावरमा थोरै अभाव देखियो, समग्रमा कर्णाली प्रतिष्ठानको अवस्था निकै राम्रो पाईयो।” राज्यको लक्ष्य भनेकै पिछडिएको दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा पार्ने भएकाे बताउँदै अध्यक्ष श्रेष्ठले भने,“एमडिजीपि कार्यक्रमका लागि प्रारम्भिक निरिक्षणका लागि आएका र्छौँ, फेरी एक पटक विशेषज्ञ टोली आईसकेपछि कार्यक्रम सञ्चालन हुने नहुने बारेमा टुंगो लाग्छ। एमडिजीपिका लागि ल्याव सेवा, बिरामीको चाप बढेको हुनुपर्छ।”

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...