१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सहरको फोहरमा राजनीति भयो’

सुदर्शन शिलवाल, कलाकार

तपाईँको बुझाईमा सहर भनेको के हो?
सहर सुविधायुक्त ठाउँ हो । सहरको पूर्वाधार आकर्षक र व्यवस्थित हुन्छ । सडक, स्वास्थ्य, शिक्षा, रोजगारको हिसाबमा पनि अन्तभन्दा सहर नै अगाडि हुन्छ । सहरका सडक र खाली ठाउँहरू हराभरा हुनुपर्छ।

हाम्रा सहरमा यी सुविधा छन् त?
केही सुविधा छन्, पर्याप्त छैनन् । सहरवासी सरकारी सेवा लिन निकै सास्ती भोग्नुपरेको छ । पछिल्लो समय काठमाडौं सहर समस्यै समस्याले जेलिएको छ । सहरको फोहरमा राजनीति भएको छ । सरकारी निकायले आफ्नो गृहकार्य राम्ररी नगर्नेको परिणाम हो यो।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
मलाई अलि ग्रामिण भेग र डाँडाकाँडा मनपर्छ । मुक्तिनाथ निकै मनप¥यो । इलाम, पोखरा र उपत्यका नजिकका बस्तीहरू पनि रमाइलो लाग्छन्।

कुन–कुन देश पुग्नुभयो?
भारत, जर्मनी, इटली, डेनमार्क, युएसए, बेल्जियम, फ्रान्स, दुबई, थाइल्यान्डलगायत देशका सहर पुगेको छु।

कस्तो लाग्यो?
बाहिरी मुलुकका सहर हाम्रा सहरको तुलनामा धेरै विकसित र व्यवस्थित छन् । सहरको बनावट शैली पनि आकर्षण छ । हरेक देशका सहरमा आधुनिकतासँगै आफ्ना चिनारी र पुराना कलाकृति सजाइएका छन् । सहरको बीच खण्डमा हरियाली बनाइएको छ । पुराना कला संस्कृतिको संरक्षण गरिएको छ।

विदेशका सहरको कुन पक्षले तपाईँको ध्यान तान्यो?
सबै व्यवस्थित छ । सरकारी निकाय चुस्त छ । सबै निकायले काम गरेका छन् । सवारी जाम हुँदैन । कर उठाए अनुसारको सुविधा दिएको छ । त्यहाँका धेरै चिज ध्यान तान्ने खालका छन् । हामीभन्दा पनि ढिलो २० वर्षअघि मात्रै बनेका सहर धेरै व्यवस्थित र विकसित भएका छन् । सहरमा हरेक खालका सुविधा छन् । सहरमा बसेका नागरिकले चाहेका बेला हरेक खालका सेवा–सुविधा लिन सक्छन् । चिल्ला सडक, सडक छेवैमा हरियाली, सुन्दर गार्डेन, सपिङ मल, सहरभित्र सजाइएका पुराना कलाकृति लगायतले मेरो ध्यान तान्यो।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो?
बनाउने हो भने हाम्रा संसारकै अति नै सुन्दर बन्न सक्छन् । तर, हाम्रोमा सहर बनाउनेतर्फ कसैले ध्यान दिएनन् । सहरमा बस्नेहरू आफ्नो स्वार्थपूर्तिमा लागे । अर्कोकुरा, हाम्रा सहरलाई विदेशीसँग दाँज्न मिल्दैन । यहाँका सहरको विशेषता भिन्न छ । विकासका काम गर्ने हो भने केहीबेर पनि लाग्दैन, नेपाललाई अघि बढ्न । विदेशका सहर सफा र व्यवस्थित छन् । तर, हाम्रा फोहोर र अव्यवस्थित छन् । प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ । यहाँका सम्पदा, प्राकृतिक सौन्र्दयले विश्वको ध्यान तानेको छ।

हाम्रा सहर किन व्यवस्थित भएनन् होला?
सरकारी निकायले काम गरेनन् ।  नागरिकमा पनि चेतना भएन । सडकमा खाल्डो बनाएर छाडिएको छ । सरकारी निकायले काम गरेका छैनन् । सहर बनाउने र विकास निर्माणका काम गर्ने निकायका व्यक्तिले राजनीति गर्न थालेपछि हाम्रा सहर विकास हुन नसकेका हुन्।

कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
हामीले चाहने हो भने यहाँका सहरलाई विदेशको जस्तो बनाउन सक्छौं । तर, कसैले पनि चाहेनौं । त्यसकारण हाम्रो सहर बिग्र्रियो । सहरको संस्कृति भत्कियो । म बसेको सहर धुलोमुक्त होस् । सहरका हरेक ठाउँमा समयै पुग्न सकियोस् । कसैले कसैलाई अवरोध नगरोस् । तार लत्रिएको देख्न नपरोस् । सहरका हरेक सेवा–सुविधा चुस्त होऊन् । सरकारका कारण नागरिकले कुनै खालको समस्या झेल्न नपरोस् । यति भयो भने सहर राम्रै लाग्छ।

काठमाडौं उपत्यका कस्तो लाग्छ?
काठमाडौं देशको राजधानी हो । यहाँ सबैको सपना अडिएको छ । यहाँको जस्तो विशेषता विश्वका अरु कुनै सहरमा भेटिन्न । यहाँ अनेकौँ महत्व र विशेषता बोकेका ऐतिहासिक सम्पदा छन् । पुराना कलाकृतिले दरबार क्षेत्र सजिएका छन् । मात्रै हामीले काठमाडौंलाई चिन्न सकेनौँ । यहाँको माटोको मूल्य बुझ्न सकेनौँ । प्रकृतिले यति धेरै सुविधा दिँदा पनि हामीले उपयोग गर्न सकेनौँ।

तपाईं सानो छँदा काठमाडौं कस्तो थियो?
बच्चामा बुबाको हात समातेर काठमडौं आएको थिएँ । त्यतिबेला अति नै सुन्दर थियो काठमाडौं । त्यतिबेला सडकमा सवारी कम हुन्थे । मानिसको चाप पनि कम थियो । अहिले काठमाडौं अस्तव्यस्त भएको छ। जनघनत्व अनुसार विकासका काम नभएकाले काठमाडौं यस्तो कोलाहल भएको हो भन्ने लाग्छ।

काठमाडौंउपत्यकाको मननपर्ने पक्ष के हो?
सहरमा झुटा आश्वासन भए, काम भएन । आफूमात्रै बाँच्न खोज्ने प्रवृत्तिले देश र सहर बिग्रिएको छ । अर्को कुरा, प्रदूषण, ट्राफिक जाम र मानिसको भीडभाड देख्दा काठमाडौं अस्तव्यस्त लाग्छ । अहिले त झन् सहरका हरेक चोक अव्यवस्थित छन् । सहरवासीले धुलो र धुवाँको सास्ती खेप्नुपरेको छ । विकास निर्माणलाई द्रूत गति दिन नसक्दा सहर प्रदूषित भएको हो । यहाँको उर्वर जमिन धमाधम प्लटिङ हुँदैछ।

उपत्यकाको मनपर्ने पक्ष?
डाँडाकाँडाहरू मनपर्छ । यहाँको मौसम, पुराना बस्ती र मठ–मन्दिर मलाई ज्यादै मनपर्छ । उपत्यकाभित्र हरेक चिज छ । पहाड, हिमाल सबै यहीँबाट देख्न पाइन्छ । अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ।

सरकारले कसरी काम ग-यो भने सहर व्यवस्थित बन्ला?
सरकारले राजनीतिभन्दा विकासलाई केन्द्रमा राख्नुप-यो । सहरको पहिलो विकासको खुड्किलो भनेकै सडक हो । सडक फराकिला पार्ने हो भने अरु विकासका काममा टेवा पुग्छ । सहरको उचित ढल निकास, खानेपानी र सडकलाई विशेष प्राथमिकतामा राख्नुप-यो । विकास निर्माणका काममा सरकारी निकायबीच समन्वय हुनुप-यो।

मन भएर पनि घुम्न नपाएको सहर?
नेपालकै गोर्खा दरबार पुग्न सकेको छैन । त्यही पुग्ने रहर छ।

उपत्यकाभित्र कतै घुम्न जानुप-यो भने?
पाटन, हनुमानढोकातिर जान्छु । कहिलेकसो पशुपतिको किनारमा जान्छु।

सहरको मनपर्ने खानेकुरा?
दाल, भात र तरकारी नै खाइन्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ३० कार्तिक २०७५ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App