coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ठडिँदै भैरवनाथ मन्दिर

भक्तपुरको मुटु टौमढीमा पाँचतले मन्दिर छ । त्यसको ठ्याक्कै अगाडि छ– भैरवनाथको मन्दिर । उक्त मन्दिरको जीर्णाेद्धार सुरु भएको छ।

मन्दिर जीर्णाेद्वारका लागि स्थानीय न्हुछेेंराम भेलेको संयोजकत्वमा भैरवनाथ मन्दिर मर्मत उपभोक्ता समिति गठन गरिएको छ । सो समितिले २०७५ असोज २ गते बाट काम सुरु गरेको जनाएको छ।

अध्यक्ष भेलेका अनुसार भक्तपुर नगरपालिकाले मन्दिर जीर्णाेद्धारको लागि एक करोड ४६ लाख ३६ हजार ७ सय ४५ रूपैया १३ पैसा विनियोजन गरेको छ । नगरपालिकाले उक्त रकम तीन किस्तामा दिनेछ, जसमध्ये पहिलो किस्ताको रकम पाइसकेको उनले जानकारी दिए।

अध्यक्ष भेलेका अनुसार भक्तपुर नगरपालिकाले मन्दिर जीर्णाेद्धारको लागि एक करोड ४६ लाख ३६ हजार ७ सय ४५ रूपैया १३ पैसा विनियोजन गरेको छ । नगरपालिकाले उक्त रकम तीन किस्तामा दिनेछ, जसमध्ये पहिलो किस्ताको रकम पाइसकेको उनले जानकारी दिए।

मन्दिरको माथिल्लो तलाको भित्ता र बुट्टेदार काठहरू बिग्रिएका छन् । नगरपालिकाले दिएको रकमबाट भित्ता र बुट्टेदार काठ मर्मत गरिने उनले सुनाए । मन्दिर विस्केट जात्रासँग जोडिएको उनले बताए।

उनका अनुसार भैरवनाथ मन्दिरको जीर्णाेद्धार सकिएपछि टौमढीस्थित पाँचतले मन्दिरको जीर्णाेद्धार वा पुनर्निर्माण गरिनेछ । पाँचतले मन्दिर ऐतिहासिक भएकाले इन्जिनियरको टोलीले यसको जीर्णाेद्धार वा पुनर्निर्माण गर्नेबारे अध्ययन गरिरहेको उनले बताए । ‘यद्यपि, अहिले तत्कालको लागि मन्दिर जीर्णाेद्धार मात्रै गरे पुग्ने भनिएको छ,’ उनले भने । सो मन्दिरको पनि माथिल्लो तला मर्मत गरिने उनले बताए।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले इतिहासमा यो मन्दिर एक तला मात्र भएको र मध्यकालमा दुई तला थपेर तीन तले बनाइएको बताए । उनका अनुसार एक हजार चार सय वर्ष अगाडि मन्दिर निर्माण भएको प्रमाण भेटिएको छ।

यसअघि २०५२ सालमा मन्दिर जीर्णाेद्धार गरिएको थियो । समयमै जीर्णोद्धार गरेकोले भूकम्पबाट ठूलो क्षति नपुगेको विज्ञहरूको भनाई छ।

अन्य मन्दिर भन्दा यो मन्दिरको छुटै विशेषताहरू छन् । यो मन्दिरमा एउटै मात्रै गजुर नभई वीचमा एउटा ठूलो र दुई छेउमा तीन–तीन गरी सात गजुर छन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App