बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

आइतबार, ०९ असोज २०७३, १३ : ४६ नागरिक

तिलोत्तमा (रुपन्देही)-बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । पहिलो चरणमा ५५, दोस्रो चरणमा ३०८ र तेस्रो चरणमा ४६८ सौर्यबत्ती जोडिने र यसका लागि करिब तीन करोड लगानी हुने उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का बताउँछन् ।

एक वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा बुटवलका अमरपथ लगायतका क्षेत्रमा ५५ वटा सौर्यबत्ती जडान भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य बत्ती जडानका लागि ४० प्रतिशत अनुदान दिएकामा उपमहानगरपालिकाले र समुदायले ३०–३० प्रतिशत लगानी व्यहोरेका थिए । अनुदान आएका ३०८ वटा सौर्यबत्ती यही असोज महिनाभित्रै जडान गरिने लक्ष्य छ ।

उपमहानगरपालिकाभित्र करिब रु साढे तीन करोड सौर्य बत्ती जडानमा खर्च गरिएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडामा सौर्य बत्ती जडान गर्ने योजना भए पनि अहिले भने बजार केन्द्रित गरिएको छ । बजारका उपभोक्ता समितिबाट माग आएकाले प्राथमिकतामा बजारलाई राखिएको योजना अधिकृत डोलराज पौडेलले बताए । बुटवल उपमहानगरपालिकाले तेस्रो चरणका लागि ४६८ थानमा सौर्यबत्तीे माग गरेको छ ।

बत्ती जडानका लागि टेन्डर आह्वानपछि सम्झौता गर्नै कम्पनीले पाँच वर्षसम्म बत्तीको हेरचाह गर्ने पाँच वर्षपछि बत्तीको हेरचाह गर्ने जिम्मा समुदायमा आउने छ । रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad