coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्पेनमाथि क्रोएसियाको रोमाञ्चक जित, बेल्जियमको जितमा बात्शुयाई नायक

स्पेनविरुद्ध गोल गरेपछि क्रोएसियाका टिन जेड्भाज । तस्बिरः एजेन्सी

काठमाडौं – विश्वकप फुटबल २०१८ को साविक उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिगमा स्पेनलाई ३–२ गोलले पराजित गरेको छ। क्रोएसियाको घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा पाँचौं गोल दोस्रो हाफमा भएको थियो।

५४ औं मिनेटमा एन्द्रेज क्रामारिचले गोलमा क्रोएसियाले अग्रता लिएको थियो। ५६ औं मिनेटमा स्पेनका डानी सेबालोसले बराबरी गोल फर्काए। ६९ औं मिनेटमा टिन जेड्भाजले कप्तान लुका मोड्रिचको पासमा हेड गोल गरेपछि क्रोएसिया पुनः खेलमा फर्किएको थियो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ७८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्यो। क्रोएसियाका सिमे भ्रासाल्ज्कोले डिबक्स भित्र बललाई हातले छोएपछि पाएको पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए। तर इन्जुरी समयमा जेड्भाजले ब्याक्तिगत दोस्रो गोल गरेपछि क्रोएसियाले नाटकिय रुपमा खेल जित्यो। समूह ‘ए फो’ मा रहेको क्रोएसियाको यो पहिलो जित हो।

जितसँगै क्रोएसिया र इङ्ल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायमै रहेको छ। यी दुईबीच आइतबार खेल हुनेछ। यदी क्रोएसिया र इङ्ल्याण्डको खेल बराबरीमा सकिए स्पेन समूह विजेता बन्नेछ।

समूह ए कै टु मा रहेको बेल्जियमले आइसल्याण्डमाथि २–० गोलको जित हात पारेको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको बेल्जियमका लागि दुवै गोल मिची बात्शुयाईले गरेका थिए। ६५ औं मिनेटमा गोलको खाता खोलेका बात्शुयाईले ८१ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यदी आइतबार स्विजरल्याण्डविरुद्ध बराबरी खेलेमात्रपनि बेल्जियम नेसन्स लिगको फाइनल चरणका लागि छनोट हुनेछ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App