coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कतारलाई ऐतिहासिक सफलता

लुगानो – कतारले मैत्रीपूर्ण फुटबलमा विश्ववरीयताको आठौँ स्थानमा रहेको स्विट्जरल्यान्डमाथि बुधबार १–० को एेतिहासिक जित निकालेको छ।

अक्रम अफिफको एक मात्र गोल निर्णायक बनेपछि घरेलु टोली स्विट्जरल्यान्डलाई कतारले स्तब्ध बनाएको हो । सन् २०२२ को विश्वकप आयोजकसमेत कतारले यादगार सफलता दिलाउँदै आफ्नो तयारी उत्कृष्ट रहेको संकेत गरेको छ।

अफिफले खेल सकिन ४ मिनेट बाँकी छँदा गोल गर्दै विश्ववरीयताको ९६औं स्थानमा रहेको कतारलाई जित दिलाए । करिम बौडिफले दिएको पासलाई अफिफले स्विस गोलकिपर यभोन यमभोगोलाई बिट गर्दै खाली पोस्टमा गोल गरेका थिए।

कतारले खेलको पहिलो हाफमा स्विट्जरल्यान्डमाथि दबाब बनाउँदै बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो । रूस विश्वकपमा अन्तिम सोह्रसम्मको यात्रा तय गरेको स्विट्जरल्यान्डले कतारविरुद्ध गोलका अवसर बनाए पनि सफल हुन सकेन । अफिफले २३औँ मिनेटमा गरेको उत्कृष्ट प्रहार पनि स्विस गोलकिपर यभोनले निस्तेज पारेका थिए।

३६औँ मिनेटमा मिकाहेल लाङ हेडमार्फत गोल गर्न चुकेपछि स्विट्जरल्यान्डले अग्रता बनाउने अवसर गुमायो । पहिलो हाफ सकिन लाग्दा अलीको पासमा अफिफले गरेको गोल अफसाइड दिइएपछि कतारले सोे अवसर गुमाएको हो । लिभरपुलका स्ट्राइकर जर्दान साकिरीले क्रिस्टिन फासनाच्टलाई राम्रो पास उपलब्ध गराए पनि सदुपयोग गर्न नसक्दार स्विट्जरल्यान्डले खराब नतिजा सामना गर्यो।

यो जितपछि पहिलो पटक विश्वकप खेल्न लागेको कतारले अझै सुधार गर्ने माध्यमसमेत देखाएको छ । स्विट्जरल्यान्डले यो हारसँगै घरेलु मैदानमा १० खेलमा पहिलो खराब नतिजाको सामना गर्यो । कतारले अगामी सोमबार आइसल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्दै छ । त्यसपछि आगामी वर्ष जनवरीमा हुने एसियन कपको तयारी गर्नेछ । कतारले अर्को वर्ष ब्राजिलमा हुने कोपा अमेरिकामा समेत अतिथि राष्ट्रको रूपमा प्रतिस्पर्धा गर्दै छ । यस्ता अवसरले कतारलाई विश्वकपका लागि थप परिपक्व बनाउनेछ।

मरुभूमि राष्ट्र कतारले सन् २०१० मा फिफामा भएको भोटमार्फत सन २०२२ विश्वकप आयोजना जिम्मेवारी पाउनु उसका लागि राम्रो अवसर थियो । विश्वकपमा हालसम्म छनोट हुन असफल राष्ट्रले आयोजनासँगै आफ्नो टिमको तयारीमा पनि राम्रो गरिरहेको छ।

अफिफले खेल सकिन ४ मिनेट बाँकी छँदा गोल गर्दै विश्ववरीयताको ९६औं स्थानमा रहेको कतारलाई जित दिलाए । करिम बौडिफले दिएको पासलाई अफिफले स्विस गोलकिपर यभोन यमभोगोलाई बिट गर्दै खाली पोस्टमा गोल गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०७५ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App