५ वैशाख २०८१ बुधबार
कला

‘सुर्के थैली खै’ले पायो जनताले मनपराएको गीतको अवार्ड

काठमाडौं—चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ। 

शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो। नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले जिते। 

सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा काली’ सर्वोत्कृष्ट गीत घोषित भयो भने आचार्यकै स्वर रहेको गीति सङ्ग्रह ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त गर्‍यो। साथै, सर्वोत्कृष्ट सङ्गीतको अवार्ड आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे। यीसहित करिब दुई विधामा अवार्ड दिइएको थियो।

इमेज अवार्डमा गीत–सङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटालाई दीर्घकालीन साधना सम्मान प्रदान गरियो। उनलाई रु एक लाखसहित सो सम्मान गरिएको हो। २०७२ असार १ देखि २०७३ जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–सङ्गीतलाई १८औँ इमेज अवार्डको प्रतिस्पर्धामा समावेश गरिएको थियो। रासस 

 

 

प्रकाशित: ९ आश्विन २०७३ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App