coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक शनिबार

काठमाडौं – नेपाली कांग्रेसले पार्टी महासमिति बैठक तयारी विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महासमितिमा पेस गर्ने पार्टीको विधान मस्यौदा, राजनीतिक, आर्थिक प्रतिवेदन लेखनका साथै अन्य तयारी विषयमा छलफल हुनेछ। महासमिति तयारीका लागि गठन भएका विभिन्न समितिले बैठकमा कार्य प्रगतिविरण पेस गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै, बैठकमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका विषयमा पनि छलफल हुनेछ। मंसिर २ गतेबाट वैधानिक कार्यकाल गुजार्न लागेको संघको कार्यसमितिको म्याद थप गर्ने वा महाअधिवेशन आयोजक समिति गठन गर्ने दुईमध्ये एक विकल्पमा बैठकले निर्णय लिने सम्भावना छ।

संघको विषयमा शुक्रबार पार्टीसभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताले अनौपचारीक छलफल गर्नेछन्। प्रवक्ता शर्माले संघका विषयमा पार्टी केन्द्रीय समिति बैठकले सर्वसहमतिले निर्णय लिने दाबी गरे। ‘नेवि संघको विषयमा जे निर्णय हुन्छ त्यो सहमतिबाटै हुन्छ,’ उनले भने।

दुई वर्षे कार्यकाल भदौमै गुजारेको संघको विधानले दिएको अतिरिक्त समय पनि मंसिर २ बाट सकिनेछ।

प्रकाशित: ३० कार्तिक २०७५ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App