coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्देशक समितिको बैठकमा प्राधिकरणको कामको समिक्षा

काठमाडौं–प्रधानमन्त्री अध्यक्ष रहने पुर्ननिर्माण निर्देशक समितिको बैठकमा पुर्ननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले हालसम्म गरेको कामको प्रगति विवरण पेश गरेका छन्। निर्देशक समितिको आइतबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सिइओ ज्ञवालीले पुर्ननिर्माणका विषयमा प्रस्तुती गरेका थिए। उनले हालसम्म गरेको उपलब्धि, कमीकमजोरी लगायतका विषयमा बैठकमा जानकारी गराएका थिए।

‘आजको बैठकमा हालसम्म गरिएका कामको विवरण, कमीकमजोरीलगायतका विषयमा पुर्ननिर्माण प्राधिकरणका सिइओले बैठकमा जानकारी दिनुभयो,’ निर्देशक समितिका सदस्य एवं एमाले उपाध्यक्ष भीम रावलले भने,‘यसविषयमा भोलि बस्ने बैठकले ठोस निर्णय गर्नेछ।’ बैठकमा भूकम्प पीडितलाई थप एक लाख अनुदान दिने, पुननिर्माण प्राधिकरणको सांगठनिक पुर्नसंरचना गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएपनि त्यस विषयमा कुनै निर्णय भएन। स्रोतका अनुसार भोलि बस्ने निर्देशक समितिको बैठकले आवश्यक निर्णय गर्नेछ।

भोलि बस्ने बैठकले भूकम्प पीडितलाई थप एकलाख अनुदान दिने निर्णय गर्ने बताइएको छ। प्रधानमनन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम उपलब्ध गराइसक्न निर्देशन दिएपनि कतिपय स्थानमा अहिलेसम्म पहिलो किस्ताको रकम वितरण हुन नसकेको छैन। प्राधिकरणले भने पहिलो किस्ताको रकम वितरण नभएका स्थानमा नीतिगत निर्णय गनुपर्ने बताउँदै आएको छ।

 

प्रकाशित: ९ आश्विन २०७३ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App