प्रधानमन्त्री ओली र युएनका उपमहासचिवबीच भेटवार्ता

बिहिबार, २९ कार्तिक २०७५, २१ : ३० नागरिक

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराए।

प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए। “राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ”, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनले भने, “नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।” 

यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गरेका परराष्ट्र सल्लाहकार डा भट्टराई जानकरी दिए। उनका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे। उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएका हुन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad