६ वैशाख २०८१ बिहीबार
समाज

दुध दुहुन खोज्दा भैंसीले हानेर ज्यान गयो

म्याग्दी - भैंसीले हानेर म्याग्दीमा एक जनाको ज्यान गएको छ। बेनी नगरपालिका–६ राउवडामा बिहिबार बिहान भकारोमा दुध दुहुन गएका ३९ बर्षीय पुष्कल सुबेदीलाई भैंसीले हानेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

दुईवटा भैंसी रहेको गोठमा एउटा भैंसीको दुध दुहुएपछि अर्को भैंसीको दुध लिन गएका सुबेदी अचेत अवस्थामा भेटिएका थिए। विहान करिव ५ बजे गोठमा पुग्ने गरेका सुबेदीले दुईवटा भैसीको दुध बेचेर परिवारको गुजरा चलाउने गरेको स्थानीय नारायण शर्माले बताए। गाउँका सामाजिक कार्यमा समेत सक्रिय हुने गरेका सुबेदीको मृत्युले गाउँ शोकमग्न छ। मृतक सुबेदका श्रीमती, एक छोरा र दुई छोरी छन्।

 

प्रकाशित: २९ कार्तिक २०७५ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App