coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आकाशमै समस्या देखिएको नेवानिको विमान अवतरणपछि ग्राउन्डेड

काठमाडौं—युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको एउटा विमान अवतरणपछि ग्राउन्डेड भएको छ। युएईबाट यात्रु बोकेर अाइरहेका बेला  आकासमै प्राविधिक समस्या देखिएको थियो।

आकासमा उडिरहेका बेला विमानमा प्राविधिक समस्या देखिएको थियो।

नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको सो विमानलाई पाइलटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएका थिए। प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको विमान आइतबार उडान गर्न नसक्ने नेवानिले जनाएको छ। चेक जाँच र मर्मत सकिएमा सोमबारदेखि उडान सञ्चालन गर्नेछ।

विमानको मर्मत भोलि साँझसम्म सकिए सोमबारदेखि पुनः उडान सञ्चालन हुनेछ निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले भने।

संयुक्त अरब इमिरेट्सबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए। निगमसँग अन्तरार्ष्ट्रिय उडानका लागि दुईवटा एयरबस र एउटा बोइङ विमान छन्।

प्रकाशित: ९ आश्विन २०७३ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App