coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

बम भेटिएकाे स्थान। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।

नेपाली सेनाको नेपालगन्ज राँझास्थित भैरव प्रसाद गणबाट आएको बम डिस्पोजल टोलीले सुशिल नगर वाटरपार्क क्षेत्रमा लगेर बम डिस्पाेज गरेकाे थियाे। नेपाली सेनाले उक्त बम शक्तिशाली रहेकाे बताएकाे छ। नेपाली सेनाका एक अधिकारीले ‘जिआई’ पाईपमा दुई वटा डेटोनेटर राखेर बनाइएको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले पुष्पलाल चोकमा दिउँसो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरेर डिस्पोज गरिएको बताए। उक्त बस्तु राख्ने ब्यक्तिको पहिचान हुन नसकेको उनले बताए। ‘कसैले आजै राखेको हुन सक्छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने। बमसँगै ‘कमाण्डो ग्रुप’ लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालार्इ नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २९ कार्तिक २०७५ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App