८ वैशाख २०८१ शनिबार
समाज

कर्णलीमा डुवेर अष्ट्रेलियन नागरिकको मृत्यु

कालिकोट- जिल्लाको आम्ताडा स्थित कर्णाली नदीमा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ। कर्णालीमा र्‍याफ्टिङ गरिरहेको अवस्थामा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको हो। शान्नित्रिवेणी गाउँपालिका वडा नम्वर २ मा पर्ने आम्ताडामा र्‍याफ्टिङ गर्दा नदीमा खसेर अष्ट्रेलियन नागरिक एनियनको मृत्यु भएको प्रहरीले बताएको छ।

मुगु भएर कालिकोट हुँदै सुर्खेततिर आउँदै गरेको अवस्थामा उनी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए। पाँच जनाको टोलीमा चारजना सकुशल रहेको डीएसपी शर्माले जानकारी दिए। थप विवरण आउन बाँकी छ। यस अघि पनि कर्णाली नदीको रेगीलमा र्‍याफ्टिङ गरिरहेको एक विदेशी नागरिकको मृत्यु भएको थियो।

प्रकाशित: २९ कार्तिक २०७५ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App