coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश नम्बर पाँच : दसैं र तिहारमा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु

दाङ – प्रदेश नं ५ मा दसैं–तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।

घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। दसैं तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो।

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो ५, टिपर ४, टेम्पो ४, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन्। सबैभन्दा बढी सवारी दुर्घटना बाँकेका रहेका छन्। त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ।

सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा १ करोड १० लाख ७ हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए।

त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए।    (रासस)

प्रकाशित: २९ कार्तिक २०७५ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App