७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

प्रतितिनिमूलक तस्बिर: गेट्टी इमेज/बीबीसी

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो। त्यसपछि बालकलाई झुन्ड्याउँदै बाँदर छिमेकीको घरको छतमा पुग्यो र बालकलाई खसालिदियो। बाँदरले घाइते बनाएका ती बालकको स्थानीय अस्पतालमा पुर्याउँदा निधन भयो।

ऐतिहासिक स्मारक ताज महल रहेको आग्रामा निकै धेरै बाँदर छन्। बाँदरका कारण स्थानीय निकै त्रासमा बाँच्ने गरेका छन्। ती बालकका काका धिरेन्द्र कुमारले बाँदरको आक्रमणले आफ्नो परिवारको मुटु चुँडेको बताए। बालककि आमा निकै व्याकुल छिन्, उनी बोल्न पनि सकेकी छैनन्।

ती बालककी हजुरआमा पुष्पा देवीले आफूलाई अपूरणीय चोट पुगेको बताइन। ‘बाँदरले आक्रमण गर्नु अघि नातीलाई यिनै हातमा लिएकी थिएँ। मैलै नाती गुमाए’ पुष्पादेवीले भनिन्, ‘मेरो नातीको यो गति हुनुहुँदैनथ्यो, मान्छेहरुले त केही समय सम्झिनेछन्, अनि विर्सनेछन्। तर हामीले बच्चा गुमाएका छौ। यहि वास्तविकतामा बाँच्नेछौं।’ स्थानीय समुदायले बाँदर व्यवस्थापनका लागि प्रशासनसँग बारम्बार अनुरोध गर्दा पनि प्रशासनले केही सहयोग नगरेको बताए।

आग्रा नजिकैको प्रहरी कार्यालयका प्रमुख अजय कौशलले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार बच्चालाई बाँदरले निकै पिटेको रहेछ। उनले भने, ‘बाँदरले ती नाबालकलाई टाउकोमा पिटेको रहेछ। अरु मानिसले बाँदरमाथि ढुंगा र लौरो फ्याँकेपछि बाँदर बच्चालाई खसालेर भागेछ।’

यो क्षेत्रमा बाँदरले केटाकेटीलाई आक्रमण गर्नु नौलो होइन। दुइ महिनाअघि बाँदरको आक्रमणमा परेका अर्का एक बालकको उपचार भइरहेको छ। गत मे महिनामा ताज महलमा दुइ जना पर्यटकलाई पनि बाँदरले आक्रमण गरेको थियो।
आग्राको जताततै बाँदर छन्। स्थानीय वातावरण अभियन्ता श्रवण कुमार सिंहले बाँदरको प्राकृतिक बासस्थान खुम्चिदै जाँदा बाँदर खानाको खोजीमा बस्तीमा पस्ने गरेको र नपाउँदा मानिसमाथि आक्रामण गर्ने एवं चिथोर्ने गरेका बताए। बन्यजन्तु संरक्षण ऐनले निषेध गरेपनि केही स्थानीय संस्थाहरुले बाँदरको बन्ध्याकरण गर्नुपर्ने माग गरिरहेका छन्। बीबीसीबाट

प्रकाशित: २९ कार्तिक २०७५ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App