७ वैशाख २०८१ शुक्रबार
समाज

जिप दुर्घटनामा बुवाको मृत्यु, छोरा सहित २ घाइते

बाजुरा – बुढीगंगा नगरपालिका–२ बल्देवमा भएको जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। खप्तड छेडेदह गाउँपालिका डोगडीबाट मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जिप अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा परी जिप चालक त्रिवेणी नगरपालिका–४ तोलीका धनबहादुर साउँद रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए। घाइते मृतक साउँदका छोरा २२ वर्षका नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेका छन्।

घाइते दुवै जनालाई उपचारका लागि अछामको बयालगडा अस्पतालमा लगिएको छ। दुबै जनाको टाउको र छातीमा गम्भीर चोट लागेकोले अवस्था चिन्ताजनक रहेको बुझिएको छ। जिप साँफे मार्तडी सडकखण्डको बल्देमा दिउँसो १२ः ५ बजेतिर दुर्घटनामा परेको हो। चालक सहित ३ जना सवार जिप सडकबाट एक सय मिटर तल खसेको छ।  

प्रकाशित: २९ कार्तिक २०७५ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App