coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा मात्रै ९०.३ मिलिमिटर वर्षा

लगातारको पानीले जलमग्न इटहरी–खनारको कोसी राजमार्ग । तस्बिर:अजित तिवारी

विराटनगर–शनिबार रातिदेखि पूर्वी नेपालमा भारी बर्षा भइरहेको छ। बर्षा पूर्वी नेपालको पहाडी र तराई–मधेसको भू–भाग एकैसाथ परिरहेको छ। विराटनगरस्थित कोसी वेशिन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ९०.३ मिलिमिटर बर्षा भएको छ ।

यो आइतवार विहान ८ बजेसम्म मापन गरिएको बर्षाको मात्रा मात्र हो । पानी पर्ने क्रम अझै रोकिएको छैन। लगातार भइरहेको भारी बर्षाले मोरङ, झापा, सुनसरी, धनकुटा, इलाम लगायतका जिल्लाको जनजिवन प्रभावित बनेको छ । लगातारको बर्षाले तराई–मधेसका जिल्ला झापा, मोरङ र सुनसरीमा सडकमा पानी जमेको छ।

विराटनगरस्थित कोसी वेशिन कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ९०.३ मिलिमिटर बर्षा भएको छ ।

बर्षाले विराटनगरको मुख्य तथा भित्री सडकमा पानी जमेको छ। जसले गर्दा सर्वसधारणलाई हिडडुल गर्न समस्या परेको छ। विराटनगरमै केही घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङले बर्षाले भएको डुवान, कटान र जनधनको क्षतिको खबर नआएपनि बुझ्ने काम भइरहेको जनाएको छ। बर्षाको मौसम सकिएपनि हथिया मनसुन सक्रिय नै रहेकाले पूर्वी नेपालमा भारी बर्षा भइरहेको कोसी वेशिन कार्यालयले जनाएको छ ।  

पूर्वाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाका अनुसार यस वर्ष गत भदौ महिनामा १ सय ६ मिलिमिटर पानी परेको थियो। त्यसपछि सबैभन्दा बढी पानी परेको यही हो।

लगातारको वर्षाले फूल आउन लागेको धानबाली सखाप हुनसक्ने जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । ‘केही धान फूल फुलेर दूध पस्न लागेको अवस्थालाई बिगार्दैन्, तर फूल्दै गरेको धानलाई अहिलेको पानीले बिगार्ने सम्भावना धेरै छ,’ जिल्ला कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले भने, ‘अझै हावा चल्यो भने सखापै हुन्छ ।’ आवश्यकता भन्दा बढी पानी परेका कारण तरकारीबालीमा पनि असर गरेको उप्रेतीले जानकारी दिए । ‘पानीले जाग्दै गरेको तरकारीका बिरुवा डुबाएको छ, अझै केही समय पानी पर्ने हो भने तरकारी पुरै मर्न सक्छ,’ उप्रेतीले भने ।

 

प्रकाशित: ९ आश्विन २०७३ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App