अध्ययनका लागि अमेरिका जाने नेपाली १४ प्रतिशतले बढे

बिहिबार, २९ कार्तिक २०७५, १२ : ४४ नागरिक

186


काठमाडौं– अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।

अध्ययनले अमेरिकामा विद्यार्थी अपूर्ति गर्ने देशमा उत्कृष्ट २५ भित्र परेको जनाएको छ। उक्त अध्ययन अनुसार अमेरिकमा प्रमाणपत्र तह(अन्डर ग्र्याजुएट)का विद्यार्थी आपूर्ति गर्ने देशमा नेपाल १०औ स्थानमा परेको छ। 
 सन २०१८मा १३ हजार २७० जना नेपाली अध्ययनका लागि अमेरिका पुगेको रिपोर्टमा औल्याइएको छ।

‘अमेरिकी नागरिकसंगै अध्ययन गर्ने विदेशी विद्यार्थी अमेरिकाका लागि ठूलो सम्पति जस्तै बनेका छन्,’ शैक्षिक तथा सांस्कृतिक ब्युरोका सहायक सचिव म्यारी रोयसले भनेका छन्,‘अन्तरराष्ट्रियस्तरको शिक्षाले हामीलाई अझै बलियो बनाउँदै लगेको छ।’ अध्ययनले विद्यार्थी आदान प्रदान कार्यक्रम र अन्य संस्थागत पहलले अमेरिकाले शिक्षा क्षेत्रमा प्रगति हासिल गरेको जनाइएको छ।शैक्षिक सत्र २०१७÷१८मा अमेरिकी क्याम्पस तथा विश्वविद्यालयहरुले १० लाख विदेशीलाई भर्नाका लागि आह्वान गरेका थिए। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...