coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

पर्यटकिय क्षेत्र सन्दकपुरमा आएका पर्यटक । तस्बिर : गिरिराज/नागरिक

सन्दकपुर – अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र  हिमाल मजाले खुलेको छ। मोहित तुल्याउने सुर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि यहाँ आउनेको संख्यामा उलेख्यमात्रामा वृद्धि भएको छ।

पर्यटक आगमनको सिजन सुरु भएसँगै सन्दकपुर भरीभराउ भएको छ। यहाँ बङ्गाली पर्यटकहरू बढी देखिन्छन्। युरोप,अमेरिका तथा आन्तरीक पर्यटकहरू सन्दकपुरको बजार र आसपासाका गोठहरूमा बसेका छन्। सन्दकपुरमा नआटेका पर्यटक आहाल डाँडासम्म आहिपुग्ने गरेका छन्। डाँडाहरू टेण्ड टागेर पर्यटक बस्ने व्यवस्था मिलाइएको छ।

भारतीय तथा अन्य देशबाट आउने पर्यटकले सन्दकपुर भरीभराउ भएको होटल व्यवसायी छिरिङ सम्दु शेर्पाले जानकारी दिए। नेपालतर्फ होटल व्यवसाय सञ्चालन गरिरहेका शेर्पाका अनुसार धेरै पर्यटक भारतका छन्। अन्य देशहरूबाट आउनेको संख्यापनि उलेख्य रहेको छ। ‘१ सय ८० डिग्री हिमालयको दृश्यावलोकनले यो ठाँउ चर्चित छ। यतिखेर यहाँ पर्यटक अटाउँन कठिन छ। भारतर्फ ३ होटल, वन र सडक विभागमा बस्ने प्रबन्ध छ। नेपाल तर्फ दुईवटा होटल छन्’ शेर्पाले नागरिकसँग भने, ‘हिउँद लागेसँग यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएर गएको छ। भारतको बाटो भएर धेरै पर्यटक आउँछन्।’ फूल, बन्यजन्तू, सुर्योदय, सुर्योअस्तको दृश्यमा पर्यटक लोभिने गरेका छन्।

भारतको वेष्ट बङ्गालको मातहतमा सरकारी होटलहरू सञ्चालित छन्। समुद्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरमा रहेको यो ठाँउ दृश्यावलोकनका लागि चर्चित छ। भारतीय गाडीहरूले सन्दकपुरसँग जोडिएका नेपाली डाँडाहरू पर्यटकलाई घुमाउँदै गरेको देख्न पाइन्छ। डाँडाहरूमा पर्यटक आनन्दसँग बसेका हुन्छन्। आन्तरीक पर्यटहरू भने महंगो लगायतका कारण नजिकका गोठमा बस्ने गर्छन्।  ९ महिना सन्दकपुर चम्किन्छ। यिमध्ये असोज–मसिर र चैत–जेठमा धेरै पर्यटक आउने गर्छन्। पर्यटक घुम्ने, रमाउने, दृश्यावलोकन गर्ने अधिकतर क्षेत्र नेपालको भएपनि नेपालले यहाँबाट आम्दानी हासिल गर्न सकेको छैन्। नेपालतर्फ केवल दुईवटा होटल छन् भने भारतर्फ १४ होटल छन्।

यिमध्ये ११ होटल सरकारले सञ्चालन गर्छ। नेपालतर्फ भएका होटलमा पनि भारतीय रुपैयाँ चल्छ। यहाँको स्थानीय उत्पादनको विक्री वितरण समेत हुँदैन। अधिकांश भारतीय सामाग्रीको विक्री वितरण हुने गर्छ।  नेपालतर्फ पर्याप्त होटल सञ्चालन हुन सकेका छैनन् भने आम्दानी हासिल गर्ने किसिमका अन्य पूर्वाधार समेत निर्माण भएको छैन। लेकाली गोठमा पाउने छुर्पी, यहाँको चिया लगायतको उत्पादनको विक्री वितरण हुन सक्दैन। ‘भुगोल त नेपालको हो नी कमाई सबै भारतको हुन्छ।

नेपालतर्फ होटल लगायका अन्य पूर्वाधारको विकास हुन सकेको छैन। भएकाबाट पनि भारतलाई नै फाइदा हुन्छ’ सन्दकपुर नजिकका बासिन्दा रामकुमार राईले भने, ‘भारतकै बाटो ल्याएर भारतै फर्काउछन्। अन्य पूर्वाधारको विकास गर्नसके नेपाललाई पनि त फाइदा हुने थियो।’ राईले भनेझै भारतीय गाडीहरू पर्यटक ल्याएर उतै फर्किन्छ।

सन्दकपुरसँग इलाम, पाँचथरका घुम्न लायक विभिन्न ठाँउहरू रहेपनि यहाँसम्म पर्यटक ल्याउने काम भएको छैन्। पाँचथर र इलामबाट सन्दकपुरसम्म सडक पुगेको तर गुणस्तरीय छैन। यहाँ आएका पर्यटकलाई नेपालका अन्य ठाँउहरूमा लैजान सकिने भएपनि त्यतातिर पहल हुन सकेको देखिदैन। नेपालले पर्यटन प्रवद्र्धनमा चासो नदिँदा ठुलो घाटा भएको राई बताउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App