६ वैशाख २०८१ बिहीबार
समाज

विद्यालय सरकारी,  उधारोमा शिक्षक

जाजरकोट–पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन्।विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो । 
विद्यालयका शिक्षक रवीन्द्र खत्री र मीना बुढा खत्रीले पनि सात महीनाको तलब पाएका छैनन् । तलब माग्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट पैसा ल्याएर तलब दिइने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकले बताएका छन् । उद्यारोमा पढाउँदा, पढाउँदा हैरान भएको उनीहरूको भनाइ छ । 

सोही वडाकै सूर्यकिरण आधारभूत विद्यालयमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतले विगत सात महीनाको तलब पाएका छैनन् । लेकबेँसी आधारभूत विद्यालय कार्यखेत, धासाइना आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बारेकोट गाउँपालिका–५ लगायत विद्यालयका शिक्षकले तलब नपाएको बताएका छन् ।
 
विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेले आफैँ बेहोर्ने गरी राखिएका शिक्षकले तलब खाना नपाएका हुन् । स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेले उठाएको रकमबाट शिक्षकलाई तलब दिँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । 

कतै विद्यालय निर्माण गर्नका लागि छुट्याएको रकमबाट शिक्षकलाई तलब खुवाएको पनि भेटिएकोे छ । गाउँलेले विद्यालय निःशुल्क निर्माण गरी विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए । ऋण काँढेर शिक्षकलाई तलबभत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताए। 
 

प्रकाशित: २९ कार्तिक २०७५ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App