coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा सुरु

सोल्टी होटलमा भएको कोलम्वो प्रोसेसको सचिवस्तरीय बैठकमा उपस्थित विभिन्न देशका प्रतिनिधिहरु । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं – आप्रवासी श्रमिकको हक हितका लागि साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा सुरु भएको छ। आजबाट काठमाडौंमा सुरु भएको कोलम्बो प्राेसेसको उच्च अधिकारी सम्मिलित बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठक शुक्रबारसम्म चल्ने र शुक्रबार मन्त्रिस्तरीय बैठक हुनेछ। कोलम्बो प्रोसेस वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो। कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन्।

नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन्। सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App