७ वैशाख २०८१ शुक्रबार
खेल

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, चेल्सी आर्सनलसँग स्तब्ध

लण्डन –इङलिस प्रिमियर लिग अन्र्तगत शनिबार राति सम्पन्न खेलमा आफ्नो अपराजित यात्रालाई छैठौं खेलमापनि कायम राख्ने क्रममा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा खेलको ९ औं मिनेटमा सर्जीयो एग्युरोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको १३ औं मिनेटमा स्वान्सीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो। खेलको ६५ औं मिनेटमा एग्युरो र ७७ औं मिनेटमा स्र्टलिङले गोल गर्दै म्यानचेस्ट सिटीको जित सुनिश्चित गरेका थिए।

त्यस्तै आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले चेल्सीलाई ३–० गोल अन्तरले पराजित गर्यो । उसको जितमा अलेक्स सान्चेज, थियो बाल्कोट र मेसुत ओजिलले समान एक एक गोल गरेका थिए। खेलको तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए।

त्यस्तै घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा स्मलिङ , माटा , रासफोर्ड र पोग्वाले समान एक एक गोल गरेका थिए । लेस्टरका डेमराइले एक सान्त्वना गोल गरेका थिए ।

त्यस्तै लिभरपुलले हल सिटीलाई ५–१ गोल अन्तरले पराजित गर्दा बर्नमाउथले एभरर्टनले १–० ले पराजित गर्यो । त्यस्तै टोटनह्यामले मिडल्सब्रोलाई २–१ ले पराजित गर्दा क्रिसटल प्यालेसले सन्डरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

जारी लिगमा ६ खेल सहिदाँ म्यानचेस्टर सिटी १८ अंकका साथ लिगको शिर्ष स्थानमा रहदाँ समान खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो सथानमा रहेको छ । त्यस्तै समान १३÷१३ अंक जोडेका  आर्सनल, लिभरपुल र एभरर्टन क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्।

 

प्रकाशित: ९ आश्विन २०७३ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App