coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अत्तरियामा यामाहाको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ। एमएडब्लुले शुभकोटी मोटर्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो। यहाँ आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो।

नयाँ शोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले गर्नु भएको थियो। शुभकोटी मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने कम्पनीले जनाएको छ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्। यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App