coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्टुरिजमाथि एफएको जरिवाना

लन्डन – इङ्लिस फुटबल फेडेरसन (एफए) ले लिभरपुलका स्ट्राइकर डेनियल स्टुरिजले नियम उल्लंघन गरेको भन्दै मंगलबार उनीमाथि जरिवाना लगाउने जनाएको छ।

गत जनवरीमा स्टुरिजले नियम उल्लंघन गरेको प्रमाणित गर्दै एफएले जरिवाना तोकेको हो । स्टुरिजलाई खेलाडी, म्यानेजर र टिम छनोटकर्ताबीचको सूचना बाहिर प्रवाह गर्दै अनुशासन उल्लंघनको आरोपमा सजाय तोकिएको एफएले उल्लेख गरेको छ। 

२९ वर्षे डेनियलले आगामी २० नोभेम्बरसम्म तोकिएको सजायबारे प्रतिक्रिया दिन एफएले निर्देशन गरेको छ । एफएले पहिलो नियममा खेलाडीले टिमबाहेक अन्य कुनैको निर्देशन पालना गरेमा त्यो फिक्सिङ हुने उल्लेख गरेको छ । दोस्रोमा क्लबभित्रको सूचना बाहिर प्रवाह गरेमा फिक्सिङ हुने एफएले जनाएको छ।

लिभरपुलका प्रवक्ताले पनि भनेका छन् ‘स्टुरिजले क्लबकै भलाइका लागि काम गरिरहेका छन् ।’ यता, स्टुरिजले पनि आफूले कहिले पनि फुटबलमाथि फिक्सिङ योजना नबाएको दाबी गर्दै आइरहेका छन्।

स्टुरिज सन् २०१३ मा चेल्सीबाट लिभरपुल आएका थिए । गत सिजन लोनमा वेस्ट ब्रुमविचबाट समेत खेलेका थिए । इङ्ल्यान्डको राष्ट्रिय टिमबाट गत वर्ष लिथुआनियाविरुद्ध खेलेका डेनियलले कुल २६ क्यापसमेत जितेका छन्।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App