८ वैशाख २०८१ शनिबार
खेल

कप्तानको शतकमा बंगलादेश बलियो

जिम्बाब्वेविरुद्ध ब्याटिङ गर्दै बंगलादेशका कप्तान माेहमदुल्ला । तस्बिरः एएफपी

ढाका – कप्तान मोहमदुल्ला रियादले आठ वर्षमा पहिलो टेस्ट शतक पूरा गरेपछि बंगलादेशले बुधबार दोस्रो टेस्टमा जितका लागि जिम्बाब्वेलाई ४ सय ४३ रनको कठिन लक्ष्य दिएको छ।

चौथो दिनको खेलसमाप्तिमा जिम्बाब्वे ७६–२ मा खेलिरहेको छ  र टोली बंगलादेशभन्दा अझै २३ सय ६७ रनले पछि छ । ब्र्रेन्डन टेलर अविजित ४ र सन विलियम्स अविजित २ रनमा खेलिरहेका छन् । ओपनर तथा कप्तान ह्यामिल्टन मासाकाड्जा २५ र ब्रायन चारी ४३ रनमा पवेलियन फर्किए।

८२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका चारीलाई तैजुल इस्लामले एलबिडब्लुको सिकार बनाए भने ६८ बलमा १ चौका प्रहार गरेका मासाकाड्जालाई मेहदी हसनले मोमिनुल हकबाट क्याच गराए । मासाकाड्जा र चारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै जिम्बाब्वेलाई गतिलो सुरुआत दिलाउने संकेत गरेका थिए । यसअघि मेहदीले क्याच छोड्दा चारीले खाता नखोल्दै जीवनदान पाएका थिए।

सिलेटमा गत साता सम्पन्न पहिलो टेस्ट  १ सय ५१ रनले जित्दै दुई टेस्टको शृंंखलामा १–० को अग्रता लिएको जिम्बाव्बेलाई ७ वर्षपछि बंगालदेशी भूमिमा टेस्ट शृंखला जित्न यो खेल कम्तीमा बराबरीमा रोक्न आवश्यक छ ।
यसअघि तेस्रो दिन जिम्बाब्वे पहिलो इनिङमा ३ सय ४ रनमा सीमित हुँदा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको थियो।

१ सय २२ बल खेलेका मोहमदुल्लाले ४ चौका र २ छक्काको मद्दतमा अविजित  १ सय १ रन जोडे।

बुधबार आफ्नो दोस्रो इनिङ सुरुआत गरेको बंगलादेशले २२४–६ मा  इनिङ समाप्तिको घोषणा गरेको थियो । ९ रन जोड्दा ओपनर इमरुल कायसलाई गुमाएको बंगलादेश थप एक रन जोड्दा अर्का ओपनर लिट्टन दास र मोमिनुल हकलाई गुमाएपछि १०–३ को स्थितिमा आएको थियो।

कायस र दासलाई काइले यार्भिसले पवेलियनको बाटो देखाएका थिए भने हकलाई डोनाल्ड टिरिपानोले पवेलियनको बाटो देखाएका थिए । त्यसपछि ब्याटिङका लागि आएका विकेटकिपर मुस्फिकर रहिमले पनि सम्झनलायक पारी इनिङ खेल्न सकेनन् । ७ रन मात्र जोडेका रहिमलाई टिरिपानोले आउट गरेका थिए । यसअघि रहिमले पहिलो इनिङमा अविजित २ सय १९ रन जोडेका थिए । योसँगै उनी टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो विकेटकिपर ब्याटस्म्यान बनेका थिए।

तर मोहमदुल्लाले चौथो विकेटका लागि मोहम्मद मिथुनसँग १ सय १८ रनको साझेदारी गर्दै बंगलादेशको इनिङ उकासेका थिए । १ सय २२ बल खेलेका मोहमदुल्लाले ४ चौका र २ छक्काको मद्दतमा अविजित  १ सय १ रन जोडे  भने १ सय १० बलको सामना गरेका मिथुनले ४ चौका र १ छक्का मद्दतमा ६७ रनको योगदान गरे ।त्यस्तै मेहदी हसनले अविजित २७ रनको योगदान गरे।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App