चार दशकपछि खम्बा नाच

बिहिबार, २९ कार्तिक २०७५, ०९ : ३६ हिमनाथ देवकोटा

60


रसुवा - रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि खम्बा नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछि आउने पहिलो मंगलबार यो नाच देखाउने गरिन्छ । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले करिब साढे तीन घण्टा लामो नाच प्रस्तुत गरेको हो । नाचमा भोटे र जोगीको सम्बन्धलाई देखाइएको थियो । तिब्बतीयन भाषामा भोटेलाई खम्बा भनिन्छ।

धुन्चेका युवाहरूको सक्रियतामा नाच देखाइएको टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा दावा सिदार घलेले बताए । ‘लोप हुन पुगेको चेन्दा नाचअन्तर्गतको खम्बा नाच चार दशकपछि देखाएका हौं,’ उनले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिन्छौं । २०३५ सालसम्म हरेक वर्ष देखाइँदै आएको भए पनि त्यसपछिका दिनमा नाच नै लोप हुने अवस्थामा पुगेको थियो । लोप हुन नदिनका लागि अहिले युवा जुटेका छन्।’

नाचमा जोगी र तिब्बतीयन भोटेको मुख्य भूमिका हुन्छ । प्रत्येक वर्ष फरक–फरक नाच देखाइने उनको भनाइ छ । गत वर्ष जरायो नाच, यो वर्ष खम्बा नाच देखाइएको र आगामी वर्ष राजारानी नाच देखाइनेछ । नाच देखाउनका लागि समुदाय र स्थानीय तहले ४ लाख ६० हजार रुपयाँ खर्च गरेका छन् । नाच देखाउनका लागि १८ जना भन्दा बढी सहभागी हुने गर्छन् । संस्कृति तथा परम्परा जोगाउनका लागि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न यो नाच देखाउन थालिएको हो । संस्कृति जर्गेनाका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

यसरी सुरु हुन्छ नाच
तिब्बतीयन भोटेहरू र बनारसी जोगीहरू नेपाल आउँछन् । यहाँ आएपछि उनीहरूको भेट हुन्छ । बनारसी जोगी पशुपति हुँदै गोसाइकुण्ड गइरहेका हुन्छन् । भेट हुँदा भारतबाट आएका जोगीले तिब्बतबाट आएका खम्बालाई ‘फोहोरी’ भन्छन् । तिब्बतबाट आएकाले भारतबाट आएका जोगीलाई ‘काले’ भन्दै व्यंग्य गर्छन् । भेटको क्रममा उनीहरू बीच को सानो को ठुलो भन्ने विषयमा विवाद हुन्छ ।
लामो समयसम्म विवाद चलेपछि अन्त्यमा जोगीको जित हुन्छ । त्यहीक्रममा दर्शकको रूपमा पुगेकाहरूले जोगीलाई काँधमा बोकेर लैजान्छ । गुरु रिम्पोक्र्षेको रूपमा जोगीलाई मानिने भएकाले जोगीलाई बोकेर लैजाँदा घरमा सुख, शान्ति र लक्ष्मीको बास हुन्छ भन्ने लामा गुरुहरूको बताउँछन्।

हरेक वर्षको भाईटिकाको पहिलो मंगलबार चेन्दा नाच अन्तर्गतका यी नाचहरू देखाइन्छ । चार वर्षसम्म हरेक वर्ष एक–एकवटा मात्र एउटा नाच देखाइने गरिएको छ । गतवर्ष चेन्दा नाचअन्तर्गत जरायो नाच देखाईएको थियो । यो वर्ष खम्बा नाच देखाइएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...